आज काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम मापन
नेपालखोज
२०७८ कार्तिक २५ गते ८:५५

काठमाडौं । देशभर चिसो बढ्दा आज विहान काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम मापन गरिएको छ ।
आज बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यो तापक्रम यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम हो ।
उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो ।
आज जुम्ला र दोलखाको जिरीको तापक्रम सबैभन्दा न्यून रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया