लक्ष्मी बैंकले गर्‍याे ११ दशमलव ५ प्रतिशत लाभांशको घोषणा

नेपालखोज २०७८ कार्तिक २५ गते १२:१०

काठमाडाैं । लक्ष्मी बैंकले ११ दशमलव पाँच प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकको आज बिहिबार बिहान बसेको सञ्चालक समितिको दुई सय ४९औं बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैठकले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी मध्येबाट आठ प्रतिशत अर्थात ८५ लाख ५६ हजार पाँच सय ५१ दशमलव ८९ कित्ता बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत अर्थात ३७ करोड ४३ लाख ४९ हजार एक सय ४५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधरण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया