शनिबार, जेठ ५, २०८१

रिलायबल नेपाल लाइफलाई ‘ट्रिपल बी प्लस’ रेटिङ

नेपालखोज २०८० असार ८ गते १९:२४

काठमाडौं । साधारण सेयर निष्काशनको लागि तयारीमा रहेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले केयर रेटिङबाट केयरएनपि ट्रिपल बी प्लस रेटिङ पाएको छ ।

जीवन बीमा कम्पनीहरुमा ट्रिपल बी प्लस रेटिङ प्राप्त गर्ने यो पहिलो कम्पनी हुन सफल भएको छ । ट्रिपल बी प्लस रेटिङ पाएका कम्पनिले वित्तीय दायीत्व समयमै निर्वाह गर्न सक्ने छ । गत आवमा कुल बीमाशुल्क आम्दानी ३२ प्रतिशतले वृद्धि भएर चार अर्ब ४ करोड ४० लाख रुपैयाँ पुगेको थियो ।

अघिल्लो आवमा दुई अर्ब ८८ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेकोमा गत आवमा तीन अर्ब ८२ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ । गत दुई आवमा बीमालेख नविकरण अनुपात ९४ प्रतिशत रहेको छ । प्रथम वार्षिक शुल्क आम्दानी १० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीको कूल बीमा व्यवसायमा सावधिक बीमा योजनाको हिस्सा ७४ प्रतिशत रहेको छ ।

आव २०७८/७९ मा कम्पनीले मुनाफाबाट ३४ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी गत आवमा शेयरधनी कोषमा खुद मुनाफाबाट २९ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । गत आव २०७८।७९ मा दुई अर्ब ९९ करोड रुपैयाँ आम्दानी रहेकामा चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आम्दानी २ अर्ब ७४ करोड १० लाख रुपैयाँ रहेको छ ।

लगानीवापतको प्रतिफलमा ६२ प्रतिशतले वृद्धिका कारण कम्पनीको खुद नाफा गत आवको पहिलो नौ महिनाको तुलनामा वृद्धि भएको छ । चालू आव २०७९।८० को चैत्र मसान्तसम्ममा रिलायबल नेपालले २८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ ।

प्रतिक्रिया