‘राष्ट्रिय अभियान सफल बनाऔं’
नेपालखोज
२०७८ कार्तिक २५ गते १२:१४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन् ।
जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने बताउँदै अध्यक्ष नेपालले यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्यांक प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ । –रासस
सम्बन्धित

प्रतिक्रिया