वकिलहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप, सर्वोच्च परिसरमा तनाव
नेपालखोज
२०७८ कार्तिक २५ गते १२:२५

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न पुगेका कानुन व्यवसायीहरूलाई प्रहरीले रोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै प्रदर्शनका लागि व्यानरसहित पुगेपछि प्रहरीले उनीहरूलाई हस्तक्षेप गरेको हो ।
प्रहरीले उनीहरूलाई हस्तक्षेप गर्दा स्थिति तनावपूणर् बनेको छ । प्रदर्शनमा सहभागि एक कानुन व्यवसायीले सर्वोच्च अदालत प्रशसनको निर्देशनमा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप गराइएको टिप्पणी गरेका छन् ।
प्रहरीले कानुन व्यवसायीहरुलाई प्रदर्शनस्थलमा माइक राख्न नदिने र प्रदर्शनकारी राख्न पाउनुपर्ने पक्षमा रहेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया