दराजको सुरु भयो ११.११, सेलमा ३,५०० सम्मको कार्ड डिस्काउन्टसँगै ११ हजारसम्मको दराज भौचर छुट

नेपालखोज २०७८ कार्तिक २५ गते १२:४३

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एक दिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ ।

यो अभियान आधिकारिक रूपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, ११ हजार रूपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा १५ प्रतिशत अर्थात अधिकतम ३ हजार ५०० रूपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ ।

थप हाइलाइटहरू समावेश छन् । एड टु कार्ट, फलो एन्ड विन, रिभिउ एन्ड विन, नयाँयुइजर भौचर, रिफर एन्ड विन र दराज जेम्स । बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत वा अधिकतम ३ हजार र क्रेडिट कार्डमार्फत १५ प्रतिशत वा अधिकतम ३ हजार ५०० रूपैयाँ बचत गर्न सक्ने छन् ।

नबिल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपालएसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छूटहरू प्राप्त गर्न सक्ने छन् ।

यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन् । तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छूटहरू प्राप्त गर्न अनुरोध गरिएकाे छ ।

यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्ने छन् ।

साथै,आईएमईपे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत वा अधिकतम ११.११ रूपैयाँसम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिईन्छ ।

यस वर्षको ११.११ मा नयाँ रियलमि जीटी नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ ।

सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जानकारी संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११.११का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ ।

सामन्यतयारुपमा ११.११ अभियानको बारे कुरा गर्दै, दराजका सीईओ र संस्थापक, बियार्के मिकेलसन्स भन्छन, यस वर्ष, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि ११.११ भनेको उत्कृष्ट सौदा, छुटहरु मात्रनभई अद्वितीय र नवीन प्रयोगकर्ता अनुभव प्रदान गर्ने एउटा मध्यम पनि रहोस् ।

हामीले ग्राहकहरुको समग्र शपिंग अनुभवलाई सुधार गर्न र सरल बनाउन कडा मेहनत गरिरहेका छौं ताकी ग्राहकहरूलाई ११.११ को समयमा उत्पादनहरू फेला पार्न सजिलो होस र सम्पूर्ण प्रक्रिया–ब्राउजिङदेखि खरिदसम्म–निर्बाध र सीधा रहोस ।

प्रतिक्रिया