शुक्रबार, वैशाख १४, २०८१

पुस दोस्रो सातादेखि फुट्सल कप २०२१ सुरु हुने

नेपालखोज २०७८ मंसिर २० गते १४:४२

काठमाडौ । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने नाराका साथ कामना सेवा विकास बैंकले पुसको दोश्रोे सातादेखि ‘पहिलो कामना सेवा फुट्सल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजितएक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्तरुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइने भएको छ ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न प्रतियोगिता सहयोगी हुनेमा आफू विश्वस्त रहेको बैंकका संचालक विश्वेश्वर सुवेदीले बताए ।

प्रतिक्रिया