कानुन व्यवसायी र प्रहरीबीच झडप, ५ अधिवक्ता घाइते

नेपालखोज २०७८ कार्तिक २५ गते १३:१८


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा झडप भएको छ। झडपमा ५ जना कानुन व्यवसायी घाइते भएका छन् ।

घाइते हुनेमा बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई रहेका छन् भने एकजनाकाे परिचय खुलेकाे छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै प्रदर्शनका लागि व्यानरसहित पुगेपछि प्रहरीले उनीहरूलाई हस्तक्षेप गरेको हो । प्रहरीले उनीहरूलाई हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया