एमाले शीर्ष नेताले गरे १० औं महाधिवेशन स्थलको अवलोकन

नेपालखोज २०७८ कार्तिक २५ गते १३:४४

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरूले १०औं महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

आज (बिहिबार) एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताले १०औं महाधिवेशन स्थलको अवलोकन गरेका हुन् ।

नेताहरू अहिले बन्द सत्र हुने स्थान सौराहा पुगेका छन् । एमालेको १० औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुँदै छ ।

प्रतिक्रिया