बेलायतमा एकैदिन ४० हजार नयाँ संक्रमित थपिए

नेपालखोज २०७८ कार्तिक २५ गते १४:४७


लण्डन । बेलायतमा अझै पनि दैनिक झन्डै ४० हजार मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संकमित थपिएको जानकारी दिएका छन् ।

सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।

संक्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । संक्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ । देशभरीका १२ वर्षमाथी बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसंख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ । सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो संख्यामा मानिसहरु संक्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ । रासस\सिन्ह्वा

प्रतिक्रिया