खेलकुदमन्त्रीले भने – एसियन गेम्सकाे तयारी गराैं

नेपालखोज २०७८ कार्तिक २५ गते १६:१३

काठमाडौं । १९औं एसियन गेम्सकाे अभ्यास थालनीको वातावरण मिलाइ दिन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आग्रह गरेका छन् । खेलकुदमन्त्री गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागीहरुले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन् ।

हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयारी थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नु पर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नु पर्ने दीपक विष्टले बताए । विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे ।

मन्त्री गहतराजले १०-८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न आग्रह गरेका हुन् । यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए ।

नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

प्रतिक्रिया