चौबीस घण्टामा ३१७ संक्रमित थपिए, २७९ जना डिस्चार्ज

नेपालखोज २०७८ कार्तिक २५ गते १६:३०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २७९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६०९ जनाको पीसीआर परीक्षणबाट ३०१ र ३ हजार ४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा १६ जना गरी जम्मा ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ ।

प्रतिक्रिया