माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले आज १४ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा मार्फत प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
कम्पनीको २३औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा बिहान ११ बजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुँदैछ ।
सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया