आइतबार, जेठ ५, २०८२

जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टकाे आह्वान

नेपालखोज २०७८ कार्तिक २६ गते ९:०२


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा आउने गणकलाई सही तथ्यांक उपलब्ध गराउन आह्वान गरेका छन् । उनले एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन् ।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । यसका लागि गणक परिचालन भएका छन् । आगामी मंसिर ९ गतेसम्म जनगणना हुने छ । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । वि.सं १९६८ देखि जनगणना सुरुवात भएको हो । –रासस

प्रतिक्रिया