कानुन व्यवसायीको धर्ना सुरु, सर्वोच्चमा प्रवेश निषेध
नेपालखोज
२०७८ कार्तिक २६ गते १०:३०

काठमाडौं । नेपाल बार एसोसियनले आज पनि धर्ना सुरु गरेको छ । उनीहरुले नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। सर्वोच्च परिसरमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ । तर अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वोच्चमा धर्ना दिने बताएका छन् । गिरफ्तार हुनु परे पनि आन्दोलन गर्न नछोड्ने उनको जिकिर छ ।
सम्बन्धित
प्रतिक्रिया