आइतबार, जेठ ५, २०८२

प्रधानन्यायाधीश सर्वोच्च अदालत प्रवेश

नेपालखोज २०७८ कार्तिक २६ गते ११:२०


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी केहिबेर अघि मात्र सर्वोच्च प्रवेश गरेका हुन् ।

कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने बताएका थिए । उनीहरुले अदालतको गेटमै रोक्ने रणनीति गरी अदालतको मूल गेट अगाडि धर्ना दिएका थिए । उक्त धर्ना छल्दै उनी सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका हुन् ।

प्रतिक्रिया