सोमबार, वैशाख १५, २०८२

दोस्रो वर्षमा नेचर सुपर मार्केट, शाखा विस्तारको तयारी तीव्र

नेपालखोज २०७८ कार्तिक २६ गते १२:५८

काठमाडौं । ग्रोसरी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएको नेचर सुपर मार्केट प्रालि स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ ।

२०७७ कात्तिक २६ गते काठमाडौंको मैतीदेवीबाट व्यावसायिक सुरुवात भएको नेचर सुपरमार्केटले काठमाडौंको नरेफाँटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । सुपरमार्केटका अध्यक्ष जनकबहादुर धामीले आगामी दिनमा काठमाडौंका विभिन्न ठाउँमा थप शाखाहरु विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सम्पूर्ण ग्राहक, उपभोक्ता, कर्मचारी, शुभेच्छुक, शुभचिन्तकलगायत सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

सुपर मार्केटले एक वर्षको अवधिमा धेरै ग्राहक तथा उपभोक्ताको विश्वास जित्न सफल भएको अध्यक्ष धामीले बताए । ‘आगामी दिनमा अझै परिस्कृत ढंगबाट ग्राहक तथा उपभोक्ताको विश्वास जित्नेगरी काम गर्नेछौं,’ उनले भने ।

सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध छन् । धामीका अनुसार २५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई सुपर मार्केटले निःशुल्क होम डेलिभरी सेवासमेत उपलब्ध गराउँदै आएको छ । त्यसैगरी सुपर मार्केटले वार्षिकोत्सवका अवसरमा ‘विगेस्ट सेभिङ अफर’ समेत ल्याएको छ ।

प्रतिक्रिया