उपचारका क्रममा डीएसपीको निधन
नेपालखोज
२०७८ कार्तिक २६ गते १३:१२

काठमाडौं । नेपाल प्रहरीका ४६ वर्षीय डीएसपी लोकनाथ तिमल्सिना उपचारका क्रममा प्रहरी अस्पतालमा निधन भएको छ । शुक्रबार बिहान ५ बजे उपचारको क्रममा उनको निधन भएको हो । निमोनियाँ संक्रमण भएपछि उनलाई केही दिनअघि मात्रै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
दसैँअघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो । धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।
तिमल्सिना इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा कार्यरत थिए ।
सम्बन्धित
प्रतिक्रिया