धितोपत्र बोर्डको अध्यक्ष बन्न रस्साकस्सी सुरु, एक दर्जन व्यक्तिले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नको लागि रस्साकस्सी सुरु भएको छ । यसअघि धितोपत्र बोर्डको अध्यक्ष पदमा भिष्मराज ढुंगाना रहेका थिए ।
उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिए र विवादित बनेपछि सरकारले ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्ष पदबाट हटाएको थियो ।
सो लगत्तै अर्थमन्त्रालयले यही कात्र्तिक ११ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्ती गर्नको लागि आवेदन माग गरेको थियो ।
सो अनुसार आवेदन दिने अन्तिम मिति यही कात्तिक २५ गते बिहीबारसम्म तोकिएको थियो । सो अनुसार हालसम्म अध्यक्ष पदको लागि ११ जनााले आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आवेदन दिनेमा नेपाल राष्ट्र बैंकका पुर्वका कार्यकारी निर्देशन, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत, सेयर लगानीकर्ता, बिमा समितीका पुर्व अध्यक्ष देखि धितोपत्र बोर्ड कै बहालवाला कार्यकार्य निर्देशकसमेत रहेका छन् ।
मन्त्रालयका अनुसार आवेदन दिनेहरुमा नेपाल धितोपत्र बोर्ड कै कार्यकारी निर्देशन निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, बिमा समितिका पुर्व अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक चिरञ्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पुर्व प्रमुुख कार्यकारी अधिकृत सिताराम थपलिया, सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल र अम्बिका शर्मा लामिछाने, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य र अनिल पौडेलले आवेदन दिएका छन् ।
आवेदन दिएकाहरु मध्य योग्यलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनको लागि गठन गरिएको छनौंट समितीले अन्र्तवाताको लागि आईतबार बोलाउने र सोही छनौट समितीले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्न अर्थमन्त्रालयले जानकारी दिएको छ ।
बोर्डको अध्यक्ष पदको लागि आवेदन दिने व्यक्ति नेपाली नागरिक भएको हुुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार बिकास, आर्थिक, बित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हाँसिल गरेको हुनुपर्ने लगायतका मापदण्डहरु हुनुपर्ने मापदण्ड तोकिएका छन् ।
यी हुन् धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदन दिने व्यक्तिहरु
१ अनिल पौडेल,
२ निरज गिरी
३ नवराज अधिकारी
४ चिरञ्जीवी चापागाइँ
५ डा. गोपाल भट्ट
६ सिताराम थपलिया
७ केशवप्रसाद श्रेष्ठ
८ जीवन अमगाई
९ रमेश हमाल
१० अम्बिका शर्मा लामिछाने
११ कृष्णप्रसाद आर्चाय
(श्रोत अर्थमन्त्रालय)

प्रतिक्रिया