आइतबार, जेठ ५, २०८२

कोप-२७ अर्को वर्ष इजिप्टमा हुने

नेपालखोज २०७८ कार्तिक २६ गते १७:२०

ग्लास्गो । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ ।

त्यसैगरी कोप-२८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् ।

कोप-२६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन ।

त्यसैगरी अमेरिका र चीनले पनि कार्वन उत्सर्जन न्युनिकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया