जनगणनाले विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसके पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उनले प्रश्नअनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले गणकहरुले मानिसहरुलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गरे । गत कार्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।
प्रतिक्रिया