एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौं । नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्दै छ । संगठित सदस्यताका आधारमा जिल्लाहरूबाट प्रतिनिधि चयन हुनेछन् ।
देशका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया