शनिबार, जेठ ४, २०८२

१३ जिल्लामा कांग्रेसले आज वडा अधिवेशन गर्दै

नेपालखोज २०७८ कार्तिक २७ गते ८:५९

काठमाडौं । नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भन्दै शनिबार १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिए ।

विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरूले दिएका छन् ।

वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कार्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ ।

प्रतिक्रिया