कांग्रेस पदाधिकारीको बैठक जारी, महाधिवेशनको सन्दर्भमा छलफल

काठमाडौं । कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बसेको हो ।
बिहान ९ बजेबाट बुढानिलकण्ठस्थित देउवा निवासमा बसिरहेको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।
आइतबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन् ।
आजको बैठकमा महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको बल्झिएको विवाद समाधान, महाधिवेशन तयारीका लागि आवश्यक पर्ने विभिन्न समिति र उपसमितिहरु गठन लगायत समसामयिक राजनीतिक विषयहरुमा पार्टीले धारणा बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेलले आफूपक्षीय नेताहरूसँग छुट्ट-छुट्टै छलफल गरी समूहगत धारणा बनाइसकेका छन् ।

प्रतिक्रिया