भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४४ लाखभन्दा बढी
नेपालखोज
२०७८ कार्तिक २७ गते १२:४२

नयाँ दिल्ली । भारतमा गत चाैबीस घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ संक्रमित थपिएपछि कोरोना कुल संक्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ ।
भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो ।
गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया