सोमबार, मंसिर २९, २०८२

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

नेपालखोज २०७८ कार्तिक २७ गते १२:५०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र राजीनामाको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

चितवनको पुलचोकमा आज बिहान प्रदर्शन गरिएको हो । प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश शीघ्र राजीनामा देऊ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लीला खनाल, वरिष्ठ उपसभापति सुशील बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउतलगायत दर्जनौं अधिकारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया