सोमबार, वैशाख १५, २०८२

पहाडी क्षेत्रमा मौसम बद्ली, दुई दिनसम्म यस्तै रहने

नेपालखोज २०७८ कार्तिक २८ गते ६:१९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि काठमाडौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रको मौसम बद्ली भएको छ ।

शुक्रबारसम्म आकाश सफा रहे पनि शनिबार बिहानदेखि मौसम हल्का बद्ली भएको हो । यो क्रम भोली सम्म रहने मौसमविद् प्रतिभा मानन्धरको भनाई छ ।

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको उनले बताइन् ।

बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि केही ठाउँमा कुहिरो लाग्नेछ । अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया