प्रधानन्यायाधीशलाई सर्वोच्चमा पूर्ण निषेध !
नेपालखोज
२०७८ कार्तिक २८ गते ९:३९

काठमाडौं । कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूर्ण निषेध गरेर प्रवेश गर्नै नदिने तयारी गरेका छन् । दुई हप्तादेखि धर्ना दिइरहेका उनीहरुले प्रधानन्यायाधीश राणालाई अदालत प्रवेश गर्न नदिने तयारी गरेका हुन् ।
यस्तै प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै बार एसोसिएसनले आजदेखि देशभर आन्दोलन गर्दैछ । यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकाे थियाे ।
काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा २ घन्टा अर्थात मध्यान्न १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । कतिपय ठाँउमा कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया