शनिबार अस्पताल भर्ना भएका दाहाल आज डिस्चार्ज हुँदै
नेपालखोज
२०७८ कार्तिक २८ गते १०:१७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आज डिस्चार्ज गरिने भएको छ । प्रचण्डलाई एक्कासी रक्तचाप उच्च भएपछि शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
विभिन्न जिल्लाको भ्रमण गरेका प्रचण्डलाई काठमाडौं फर्किने बित्तिकै स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई केही घण्टा पछि डिस्चार्ज गरिने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया