सुनको भाउ आज पनि बढ्यो !
नेपालखोज
२०७८ कार्तिक २८ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन २ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ । तेजावी सुन आज ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९३ हजार ९ सयमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि आज १० रुपैयाँले नै बढेको छ । आज चाँदी १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया