शुक्रबार, जेठ ३, २०८२

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु, ३ घाइते

नेपालखोज २०७८ कार्तिक २८ गते १५:०७

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माडी गाउँपालिका– ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतकको पहिचान भइ सकेको छैन् । भने घटनामा घाइते भएका अन्य ३ जनाको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया