शुक्रबार, वैशाख ७, २०८१

सक्रिय संक्रमितको संख्या ७ हजारमा झर्‍यो

नेपालखोज २०७८ कार्तिक २८ गते १६:०५

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

गत चौबीस घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ र १ हजार ५९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५ जना गरि कुल ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ९६६ र एन्टीजेन विधिबाट ९५ हजार ८७ पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३४८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ । त्यस्तै चौबीस घण्टामा १५ हजार ९०६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया