बिहीबार, जेठ २, २०८२

‘नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको आवश्यकता’

नेपालखोज २०७८ कार्तिक २८ गते १८:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६औँ बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजि र प्रकाशन आजको प्रमुख आवश्यकता भएको बताए ।

उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, सवद्र्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने पनि बताए । उनले देश भौतिकरुपमा जति नै सम्पन्न भए पनि सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए ।

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको बताए ।

प्रतिक्रिया