बिहीबार, जेठ २, २०८२

शंखधर चोकमा शंखधर पार्क निर्माण

नेपालखोज २०७८ कार्तिक २८ गते १८:३७

काठमाडौं । मध्यपुर थिमि नगरपालिका स्थित शंखधर चोकमा शंखधर पार्क बनेको छ । मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन आइतबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ । १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्कमा काठमाडौं महानगरले २ करोड रुपैयाँ सहयोग गरेकोे छ ।

पार्कमा नेवारी समुदाय र काठमाडौं उपत्यकाको वास्तु शिल्प र कलालाई देखाइएको छ । उपत्यकाको मौलिक शैलीमा निर्माण गरिएको मध्यपुर थिमि नगरपालिकाले बताएको छ । मध्यपुर थिमि नगरपालिकाले एतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई संरक्षण र पुननिर्माण गर्न योजना बनाएर नै काम गरिरहेको छ ।

प्रतिक्रिया