सोमबार, वैशाख १५, २०८२

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो डिजिटल बैंकिङ अभियान

नेपालखोज २०७८ कार्तिक २९ गते ८:४१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ ।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि बनेपाको पुलबजारमा करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।

स्थानीयतहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना२८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहकतथा स्थानीय वासी लाभान्वित बनाउने जनाएको छ ।

आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूल धारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाका बारेमा सर्वसाधारणसमक्ष जानकारी पु¥याउनु जरुरी रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, वागमती प्रदेश प्रमुख धोज साउद, वागमती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, कार्ड सञ्चालन प्रबन्धक रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारी एवम् बनेपाका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया