शुक्रबार, वैशाख १४, २०८१

ओखलढुंगामा बोलेरो दुर्घटना, ३ जनाकाे मृत्यु

नेपालखोज २०७८ कार्तिक २९ गते १०:१८

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसनर सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको हाे ।

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न जाने क्रममा सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमा गाडी सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको छ ।

घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाडाैं पठाउन हेलिकप्टर झिकाइएको छ। बोलेरोमा सुनकोशी गाउँपालिका-८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं १० रुप्सेका दर्शनार्थी रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया