आइतबार, जेठ ६, २०८१

१०४ वर्ष अगाडिको चन्द्रशम्शेरको त्यो क्रिसमस कार्ड

सुनिल उलक २०८० पुष १० गते १२:४१

सन १९१९ अर्थात आजभन्दा १०४ वर्ष अगाडि वि.सं. १९७६ को क्रिसमसका दिन तत्कालिन श्री ३ चन्द्रशम्शेर जङ्गबहादुर राणाले बेलायती प्रधानमन्त्री डेविड लायड जर्जको समयमा उनले बेलायतीहरुका लागि क्रिसमस कार्ड पठाएका थिए । राणा श्री ३ चन्देरशम्शेरले त्यहि वर्ष बेलायती सरकारबाट Knight Grand Cross of the Order of St Michael and St George (GCMG) दिइएको थियो ।

नेपालका गोर्खाली वीरहरुले बेलायत सरकारका सहयोगमा लडेको युद्धमा देखाएको वीरताको चर्चा विश्वभर भएको थियो । यहि कारणले पनि बेलायतले नेपाल र नेपालीहरुका लागि आबश्यक सहयोग गर्न पनि तत्पर रहेको थियो । चन्द्रशम्शेरबाट पनि अंग्रेज पल्टनका लागि गोर्खाली सैनिक भर्तिमा मनग्य सहयोग गरेका थिए । यसैले पनि चन्द्रशम्शेरलाई (GCMG) दिइएको थियो ।

शायद यो नै नेपालको सबेभन्दा उच्च तहबाट पठाइएको पहिलो क्रिसमस कार्ड थियो । यो कार्डको पहिलो कभर पेजमा Peace and Goodwill to Men लेखिएको छ । यो हरफ भने पुरानो क्रिसमस गीतबाट लिइएको छ । साथमा चन्द्रशम्शेरले आफ्नो राज्य चिन्ह(Coat of Arms)मा ल्याटिन भाषामा ‘Dulce et decorum est pro patria mori’ राखेका छन् । रोमन कवि होरासको कविताको यो हरफको अर्थ मातृभूमीका लागि मर्न पाउनु सुखद र गौरवशाली हुनेछ ।

‘Devoutly and humbly do we now render our heartfelt thanks to God, whose grace has enabled us thus to greet you’

I welcomed back my brave troops with these words and on this Happy Christmastide & New Year, what better can I do, than to send the same message of thankfulness & regard to you, my friend.

‘भक्तिपूर्वक तथा नम्रतापूर्वक हामी भगवानलाई हृदय देखि धन्यवाद दिन चाहन्छौ, जसको कृपाले हामीलाई तपाइहरुको स्वागत गर्न सक्षम बनाएको छ ।’

पहिलो विश्वयुद्धमा आफ्नो वीरता र कौशल प्रदर्शन गरेर फर्केका गोर्खाली सैनिकहरु प्रति गर्व गर्दै मैले यो शव्दहरु आफ्ना वीर सैनिकहरुका स्वागतमा भनेको थिए । आज पून यहि शव्दबाट मेरो साथीलाई नयाँ वर्ष तथा क्रिसमसको पावन अवसरमा धन्यवाद र कृतज्ञताका साथ सन्देश पठाउन चाहन्छु ।

भित्री दोश्रो पेजमा भने चन्द्रशम्शेरले आफ्नो तस्विरका साथ नेपालको शानका रुपमा रहेको हिमाली दृश्य तथा वीरताको प्रतिक एक जोडी खुकुरी राखेका छन् भने तल सोह्रौ शताव्दीका कवि एडमन्ड स्पेन्सरको कविताबाट राखेका छन् ।
‘Sleep after toil, port after stormy seas, Ease after war, death after life does greatly please.’

कडा परिश्रम पछिको निद्रा, समुन्द्री आँधी पछि भेटिएको बन्दरगाह, युद्ध पछिको सहजता, जीवन पछिको मृत्यु सबैले खुशी दिन्छ । क्रिसमस कार्डको अन्तिम पृष्ठमा चन्द्रशम्शेरले आफ्नो राज्य चिन्ह(Coat of Arms) नै राखेका थिए ।

डिसेम्वर २५ न त इसा मसिहको जन्म दिन थियो न त मृत्यु तर पनि डिसेम्बर २५ मा क्रिसमस संसार भर इसाको जन्मदिवशको रूपमा मनाउने गरिन्छ । सन ३३६ बाट बल्ल किसमस मनाउने थालिएको थियो भने अमेरिकामा सन् १८७० बाट बल्ल क्रिसमस मनाउन थालिएको थियो ।

सन ३३६ को डिसेम्वर २५ का दिन रोमन सम्राट कॉन्स्टैन्टाइनका दिन जिससको जन्मदिनको रुपमा मनाउने घोषणा गरेका थिए । उनि इसाइ भएको कारणले इसाइ धर्मको प्रचार पनि उनको शासनकालमा अत्यधिक भएको थियो । उनकै शासनकालको समयमा सन ३२१ बाट आइतवार छुट्टी दिने परिपाटी पनि बसालेका थिए । उनले नै क्रसलाई जिससको प्रतिकका रुपमा स्विकार गरेका थिए । तर सम्राट कॉन्स्टैन्टाइनले केवल यहि एउटा क्रिसमस मात्रै मनाउन पाए । अर्को क्रिसमस आउनु अगाडि नै उनको देहान्त भयो । यसपछि पोप जुलियसले डिसेम्वर २५ लाई जिससको जन्म दिनको रुपमा सर्वब्यापी रुपमा ईसाइहरुले मनाउने घोषणा गरे । यसरी डिसेम्वर २५ जिससको जन्म दिनको रुपमा मनाउन थालियो । तर इतिहास र बाइबलका अनुसार जिससको जन्म जुन १७ तारिखमा भएको थियो । यसरी रोमन साम्राज्यमा मनाउन थालिएको जिससको जन्मदिन सन ४३२ मा आएर इजिप्ट तथा पछि यूरोपका अन्यत्र पनि मनाउन थालियो । अमेरिकामा त बल्ल सन १८७० पछि सरकारी रुपमा डिस्म्वर २५ मा छुट्टी दिन थालियो ।

नेपालमा पंचायत कालसम्म क्रिसमस मनाउने छुट थिएन । भित्र भित्र गोप्य रूपमा केही चर्चहरूले मनाउने गरिए पनि सार्वजनिक रूपमा मनाउन पाइदैनथ्यो । तसर्थ नेपालमा घुम्न आएका पर्यटक क्रिसमस देखी अंग्रेजी नया वर्ष सम्म बैंककमा फर्कन्थे ।

रुसी लेखक निकोलाई नोटोविचले लेखेको The Unknown Life of Jesus Christ मा जीससको सुली चढाए पछि पनि मृत्यु नभएको उल्लेख गरेका छन् । सन १८८७ मा लेखिएको यस पुस्तकमा उल्लेख गरेका छन् । उनको पुस्तकमा लेखिएको छ । सन १८८७ अफगानिस्तान, पाकिस्तान हुँदै कास्मिर पुगेर लद्दाख तर्फ लागेका थिए । त्यहाँ एक गुम्बाको बृद्ध मुख्य लामाले लामाहरुको पुस्तकको ठेलीमा जीसस सम्बन्धी पाण्डुलिपि रहेको जानकारी दिए । तर समय अभाव र उद्धेश्य भन्दा गलत रुपले लिन सक्ने हुँदा तिब्बतका लागि जान लागेको पछि फर्केर आउँदा अध्ययन गर्ने जानकारी दिएर निस्किए । अचानक खुट्टामा चोट लाग्दा पून फर्किएर सोही गुम्बामा बस्न गए । उपचारकै समयमा सो पाण्डुलिपि निकालेर सो को तिब्बती भाषाबाट अनुवाद गरेर डायरीमा सारे । फर्केर किताव छाप्ने इच्छा स्वरुप सबै जानकारी कसैलाई पनि दिएनन् ।

रोममा पुगेर उनले यसबारेमा त्यहाँका उच्च तहका फादरलाई जानकारी गराए । तर फादरले तिमीले बोकेर आएको प्रमाणका बारेमा कसैले पनि विश्वास नगर्ने बरु उल्टै ज्यानको जोखिम हुन सक्ने चेतावनी समेत दिए । र अझ थपे, यदि पैसाकै लागि यो सब गर्दैछौ भने त्यो कागज दिनु म तिमीलाई आबश्यक रकमको ब्यबस्था गरिदिनेछु । यो सुनेपछि उनि चुपचाप फर्किए ।

ईसाइहरुले जीससका बारेमा थुप्रै जीवनी लेखेका छन् । थुप्रै चर्चा गरेका छन् तर जीससको जीवनको बारेमा गहिराइसंग कसैले पनि लेखेका छैनन् । बाल्यकालका कथाहरु भेटिन्छ । जब तीस वर्षको उमेरमा जीसस स्वदेश फर्किए । त्यसपछिको चर्चा त भेटिन्छ । तर १३ वर्ष देखि २९ वर्ष बिचमा जीसस कहाँ थिए । के गरिरहेका थिए भन्ने कतै उल्लेख भेटिदैन ।

नोटोविचले जीससको यहिँ १७ वर्ष खोजेका छन् । १३ वर्षको उमेरमा देशबाट निस्किएर उनि इरान इराक अफगानिस्तान हुँदै भारतमा आइपुगेका थिए । त्यो समय भारतमा मुख्यरुपमा अवधमा बौद्ध धर्म नै प्रमुख थियो । बौद्ध अध्ययन गर्दै जीसस लद्दाखको बाटो तिब्बत पुगेका थिए । तिब्बतमा लामो समय बौद्ध धर्म सम्बन्धी अध्ययन गरेर २९ वर्षको उमेरमा जेरुसलेम फर्किएका थिए । उनको ज्ञान तथा दर्शनले गर्दा छिट्टै नै सबैको प्रिय भए । यहुदीहरुलाई उनको लोकप्रियता मन परेको थिएन । जुन कुरा त्यहाँको राजालाई सुनाइयो जो राजालाई पनि सह्य भएन । अन्तत उनलाई यहुदी सरकारले समाते । उनलाई न्यायाधिश जसलाई भगवानको दूतका रुपमा मानिन्थ्यो, ले निर्दोष भएको घोषणा गरे तर पनि तत्कालिन समयमा त्यस क्षेत्रको गवर्नर रहेका पोन्टियस पिलाटले सुलीमा चढाएर मृत्युदण्ड दिने निर्णय गरे । हुन त पिलाटले धार्मिक विद्रोह हुन सक्ने तथा जीससको विपक्षमा धेरै भएको हुँदा दवावमा निर्णय गरेको पनि भन्ने गरिन्छ । त्यो समय जेरुसलेम रोमन साम्राज्यको एउटा प्रान्त जुडियामा रहेको थियो । साथै रोमन सम्राट अगस्टसले पनि मृत्युदण्डलाई फेरबदल गरेनन् । अन्तत ३३ वर्षको उमेरमा इस्वी सम्वत ४ मा जीससलाई सुली चढाइयो ।

नोटोविचको पुस्तकमा यस पछिको घटना भिन्न छ । यहुदीहरुले ठूलो क्रसमा हात खुट्टामा किल्ला ठोकेर सुली चढाइएका जीससलाई मृत्यु भएको भनेर छोडेर गए । केही समय पछि जीससका अनुयायीहरु आएर सुलीबाट जीससलाई निकालेर घाउँहरुको उपचार गरे । जीससको मृत्यु भएको थिएन । यसरी जीवित भएका जीसस पून तिब्बतको यात्राका लागि फर्किए ।

सो पुस्तकका अनुसार, यसरी बौद्ध शिक्षाको ज्ञान तथा प्रसार प्रसारका लागि तिब्बत फर्किएका जीसस नेपाल, तिब्बत तथा भारतमा बिभिन्न बौद्ध स्थल तथा गुम्बाहरुमा रहन थाले । अन्तत १२० वर्षको कास्मीरको रौजबलमा निधन भएको भनिएको छ । अहिले पनि रौजबलमा उनको समाधी छ । युजा असफको समाधीका रूपमा रहेको समाधीलाइ जीससको समाधीका रूपमा लिने गरिन्छ । युजा असिफ नै जीससको भारतमा रहँदाको नाम हो भनिन्छ ।

भारतको सरकार अन्तर्गतको फिल्म डिभिजनले सन २०१० मा फिल्म बनाएको थियो The Rozabal Shrine of Shreenagar. यो फिल्ममा बिभिन्न कोणबाट रोजा बलको विवरण राखिएको छ।

प्रतिक्रिया