प्रधानन्यायाधीशका समर्थक पक्राउ
नेपालखोज
२०७८ कार्तिक २९ गते १०:४०

काठमाडौं । न्याय निरुपणको काम अवरुद्ध भएको भन्दै सर्वोच्च अदालत परिसर बाहिर प्रदर्शन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका समर्थकहरुले कानुन व्यवसायीहरुको आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीहरुको आन्दोलनले सेवाग्रही मर्कामा परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया