बेलायतको लिभरपुल सहरमा अचानक कार बिस्फोट हुँदा….
नेपालखोज
२०७८ कार्तिक २९ गते १२:०२

लण्डन । बेलायतको एक अस्पतालमा कार विस्फोट हुँदा एक जनाको मृत्यू भएको छ । लिभरपुल सहरमा रहेको एक अस्पतालबाहिर कार बिस्फोट भएको हो ।
सो घटनामा एक जना गम्भिर घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइराखेको र हाल उनको अवस्था स्थिर रहेकाले घटनाको थप कारण नखुलेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कारमा बम भएको वा नभएको भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया