बिहीबार, जेठ २, २०८२

मालीमा भएको सशस्त्र आक्रमणमा ४ सैनिकको मृत्यु

नेपालखोज २०७८ कार्तिक २९ गते १२:२८


काठमाडौं । दक्षिणपश्चिम मालीमा भएको आतंकवादी हमलामा चार सैनिकको मृत्यु भएको छ । यस्तै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ। सशस्त्र आतंककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन्। घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ।रासस\एएनआई

प्रतिक्रिया