७ घण्टापछि सिद्धार्थ राजमार्ग सञ्चालनमा
नेपालखोज
२०७८ कार्तिक २९ गते १३:२६

काठमाडौं । अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङ्गासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।
दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए । पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस
सम्बन्धित
प्रतिक्रिया