बुधबार, जेठ १, २०८२

ग्रेन क्यानेरियामा डुंगा दुर्घटना, ८ आप्रवासीको मृत्यु

नेपालखोज २०७८ कार्तिक २९ गते १३:३१

काठमाडौं । ग्रेन क्यानेरिया स्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा आठ आप्रवासीको ज्यान गएको छ । सो डुंगामा कम्तीमा पनि ६२ यात्रु सवार थिए ।

दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरूको उद्धार गरिएको बताइएको छ ।

सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको बताइएको छ ।

यस स्थानबाट आप्रवासीहरूले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया