शुक्रबार, वैशाख १४, २०८१

२६ अंकले नेप्से बढ्दा ४ अर्ब ७३ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक २९ गते १५:३४

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २६ दशमलव ४४ अंकले बढेर २७ सय १५ दशमलव ३५ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंकले बढेर पाँच सय छ दशमलव ५४ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ५९ हजार तीन सय १६ पटकको कारोबारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ ८४ पैसा पुगेको छ ।

१३ वटा समुहको कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९६ अंकले बढेर १८ सय ११ दशमलव ६९ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि ५० दशमलव पाँच अंकले बढेर तीन हजार ४७ दशमलव ८८ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय १३ दशमलव २४ अंकले बढेर १५ हजार एक सय ५९ दशमलव २६ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय १२ दशमलव ४० अंकले बढेर १२ हजार चार सय ३७ दशमलव ५६ अंकमा चढेको छ ।

यीबााहेक विकास बैंक, फाइनान्स, होटेल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्चले बढेका छन् ।

नेप्सेमा आज बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १३ हजार सात रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेर सात सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ५० रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ४६ लाख ४० हजारा आठ सय २३ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको मध्येको सबैभन्दा बढी रकमको कारोबार हो ।

प्रतिक्रिया