मंगलबार, वैशाख २५, २०८१

भारतमा बालविवाहसम्बन्धी मुद्दामा एक हजार व्यक्ति पक्राउ

नेपालखोज २०८० असोज १६ गते १८:३७

गुवाहाटी । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् , यद्यपि, यो शताब्दीमा भारतमा बालविवाहको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको देखिन्छ ।

आसाम राज्यले गत फेब्रुअरीमा चार हजार जनालाई पक्राउ गरिसकेको थियो, जसमा विवाहित दम्पतीका आमाबाबु र कम उमेरका विवाहमा हस्ताक्षर गर्ने रजिष्ट्रारहरू पनि सामेल थिए ।

राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माको अनुसार प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार सुरु गरेको छ । उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘पक्राउ पर्नेको सङ्ख्या अहिले एक हजार ३९ पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।’

सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने योजनासहित प्रशासनले नयाँ अभियान चलाएको शर्माले बताए ।

प्रतिक्रिया