राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन २०७८ जारी, कर्जा सदुपयोगको सुनिश्चितता गरेर कर्जा नवीकरण गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।
निर्देशिका अनुसार कर्जा सापटलाई सक्रिय र निष्क्रिय कर्जा गरी दुई भागमा वर्गिकरण गरिएको छ । सो बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने छ ।
इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्नेछ ।
खराब कर्जा सम्बन्धी थप व्यवस्था भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा देहायको कुनै कैफियत देखिएमा त्यस्तो कर्जा तथा सापटलाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने छ ।

प्रतिक्रिया