बुधबार, जेठ १, २०८२

‘गणकलाई सही विवरण दिनुहोस्’

नेपालखोज २०७८ कार्तिक २९ गते २०:५०

गण्डकी । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

कास्की जिल्लाको रुपा गाउँपालिका–३ पोल्याङमा नेपाल कुमाल सेवा समितिको निर्माण गरिने पक्की भवनको आज शिल्यान्यास गर्दै उनले सबै जातजातिले आफ्नो सत्यतथ्य विवरण दिनुपर्नेमा जोड दिएका हुन् ।

भवन निर्माणले कुमाल जातिको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले यसको निर्माणमा सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए ।

समितिले छ लाख ९० हजार रूपैयाँमा खरिद गरेको पाँच आना जग्गामा निर्माण गरिने छ कोठा र एक ट्रस सभाहलसहितको सो भवन जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको २० लाख रूपैयाँ, गाविसको पाँच लाख रूपैयाँ र बाँकी विभिन्न संघ संस्था एवं व्यक्तिबाट सङ्कलन गरिने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कुमाल समुदायको बहुल्य रहेको यस क्षेत्रको विकास निर्माण पालिकाले प्राथमिकता दिँदै आएको बताए ।

यस बस्तीमा सडक, खानेपानी र सिँचाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो । नेपाल कुमाल सेवा समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले आफ्नो समुदायको हक अधिकारका लागि सङ्गठित भएर लाग्न आग्रह गर्दै भवन निर्माणका लागि आप्mनो व्यक्तिगत तर्पmबाट रु एक लाख सहयोग गर्ने घोषणा गरे ।

प्रतिक्रिया