बिहीबार, वैशाख १३, २०८१

भाडादर समायोजन गर्न ट्रक व्यवसायीकाे माग

नेपालखोज २०७८ कार्तिक ३० गते ९:०६

काठमाडाैं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन् ।

‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ’, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

महासंघले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ रुपैयाँबाट १५ रुपैयाँ बढाएर ११९ रुपैयाँ पुर्‍याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ । –रासस

प्रतिक्रिया