गत आवको असोजसम्मको तुलनामा ७.६ प्रतिशतले घट्याे रेमिट्यान्स

नेपालखोज २०७८ कार्तिक ३० गते १६:५६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घटेको (विप्रेषण आप्रवाह) रेमिट्यान्स असोजमा पनि घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो तीन महिनाको तथ्यांकको आधारमा मंगलबार मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै असोजसम्म रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो । नेपालमा दसैँ, तिहारलाई लक्षित गर्दै असोजमा सबैभन्दा बढी रेमिट्यान्स आउने गर्छ । असोजमा पनि ८४ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको छ ।

नेपाली मद्राको साथै अमेरिकी डलरमा रेमिट्यान्स घटेको छ । अमेरिकी मुद्रामा रेमिट्यान्स ७.७ प्रतिशतले घटेर दुई अर्ब दुई करोड कायम भएको छ ।

प्रतिक्रिया