किन हटाइए न्यायाधीशका पीएसओ ?

काठमाडौं । सुर्खेत जिल्ला अदालतले सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मीहरु परिवर्तन गरेकोछ। अदालतमा रहेका विचाराधीन मुद्दामा अस्वभाविक दख्खलअन्दाजी गरेको र चासो राखेको थाहा पाएपछि अदालतले सुरक्षाकर्मीहरू परिवर्तन गरेको हो।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले आफ्नो सुरक्षामा खटिएको पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) देखि अदालतमा रहेका सम्पूर्ण प्रहरी जवानलाई एकैपटक परिवर्तन गराएका छन् ।
सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार ठाकुर शर्माले भने, ‘सुरक्षार्थ खटेका केही सुरक्षाकर्मीले अदालतमा भएका मुद्दाहरूबारे अस्वभाविक रूपमा चासो राख्दै आएको पाइएपछि मुख्य न्यायाधीश डा. आचार्यको राय बुझी अदालतमा खटिएका सबै सुरक्षाकर्मी परिवर्तन गर्न प्रहरी कार्यालयलाई लेखी पठाएका छौँ।’
उनले थपे, ‘यस्तो कुरा थाहा पाए पछि मुख्य न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका जवानदेखि अदालत परिसरमा खटिने सबै सिपाहीलाई एकैसाथ परिवर्तन गराएका छौँ।’
न्यायापालिकामा सुधारको माग राख्दै विगत केहि दिनदेखि नेपाल बार एसोसिएशन आन्दोलनरत छ। न्यायापालिकामा सुधारको माग राख्दै विगत केहि दिनदेखि नेपाल बार एसोसिएशन आन्दोलनरत छ।

प्रतिक्रिया