ए डिभिजन लिग : दुई चरणका खेल दशरथ रंगशालामा हुने

नेपालखोज २०७८ कार्तिक ३० गते २१:२६

काठमाडां । मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणका सबै खेलद दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ ।

यस अघि एन्फाले आयोजना गरेको टाई सिट ड्रड सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो । शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ ।

उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन । पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल ४ः४५ बजे हुनेछ । कुल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुनेछन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया